|  

कैलाली ५ मा कांग्रेसका नेता डिल्लीराज पन्त विजयी  

९ मंसिर, काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका नेता डिल्लीराज पन्त विजयी भएका छन ।

उनी नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारदमुनि रानालाई १ हजार ७१ मतले पछाडि पार्दै विजयी भएका हुन । पन्तले २१ हजार ३ सय ८९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नारदमुनि रानाले २० हजार ३ सय १८ मत पाएका छन ।

यस्तै प्रदेश (क) मा गठबन्धन तर्फका माओवादी उम्मेदवार रमेश धामी र (ख) मा कांग्रेसका प्रकाशबहादुर देउवा निर्वाचित भएका छन् ।