|  

कास्की १ बाट एमालेका मनबहादुर विजयी

९ मंसिर, काठमाडौं । कास्की १ बाट एमालेका मनबहादुर गुरुङ विजयी भएका छन ।

गठबन्धनबाट कांग्रेस उम्मेदवार किशोरदत्त बराललाई २५१९ मतले पछाडि पार्दै गुरुङ विजयी भएका हुन् । गुरुङले २५ हजार ७ सय ८ मत ल्याउँदा बराल २३ हजार १ सय ८९ मतमा रोकिए ।