|  

यहि मंसिर १२ गते लगनगाँठो कस्दै अभिनेता सलोन र करिश्मा

९ मंसिर, काठमाडौं । अभिनेता सलोन बस्नेतले प्रेमिका करिश्मा केसी विवाह गर्ने भएका छन ।

सलोन र करिश्माले यहि मंसिर १२ गते लगनगाँठो कस्न लागेका हुन ।  विवाहका लागि दुवै तर्फमा आफन्त र साथीभाईलाई निम्तो कार्ड पुगिसकेको छ । सलोनको विवाह समारोह भोलि शनिबारबाट सुरु हुने उनका बुबा शोभित बस्नेतले  ३१ वर्षिय सलोन र २४ वर्षिया करिश्माले ४ वर्षको प्रेमलाई पारिवारिक सहमतिमा विवाह गर्न लागेका हुन् ।  करिश्मा नेपाल एयरलायन्सकी एयरहोस्टेस समेत हुन ।

सलोन र करिश्माको विवाह भोज भने मंसिर १४ गते बुधबार होटल हायात प्यालेस सोल्टिमोडमा आयोजना गरिएको छ ।