|  

पाँचदलीय गठबन्धनबाट कांग्रेसले बढी फाइदा लियो: माधव नेपाल

९ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सत्तारूढ पाँचदलीय गठबन्धनबाट कांग्रेसले बढी फाइदा लिएको स्वीकारेका छन ।

रौतहट क्षेत्र नम्बर १ बाट निर्वाचित अध्यक्ष नेपालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै गठबन्धनले सोचेजस्तो परिणाम नदिएको बताएका हुन् । उनले आफ्नो पार्टीले सोचेको भन्दा धेरै कम परिणाम आएको बताउँदै यसको राम्रोसँग मूल्याकंन तथा समीक्षा गर्ने बताए ।

अर्को एक प्रसंगमा उनले एकता र सिद्धान्त मिले वामहरुबीच एकता सम्भव रहेको बताए । अध्यक्ष नेपाले अबको सरकार कसको बन्छ भन्ने यकीन नभए पनि अहिलेकै गठबन्धनको बन्न सक्ने अनुमान लगाए । उनले आफ्नो विजय सिंगो रौतहटवासीको विजय भएको बताउँदै रौतहटसँगै सिंगो मुलुकमा सुशासन, विकास र समृद्धि हासिल गर्न निरन्तर कृयाशील हुने प्रतिबद्धता समेत व्यक्त गरे ।

गठबन्धनको तर्फबाट रौतहट क्षेत्र नम्बर-१ बाट उम्मेदवार बनेका नेपाल नेपालले ३३ हजार ५२२ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अजय गुप्ताले २६ हजार ९२२ ल्याएका थिए ।