|  

हरिनारायण यादवभन्दा महन्थ ठाकुर ७७ मतले अगाडि

९ मंसिर, काठमाडौं । महोत्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर-३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले झिनो मतका साथ अग्रता लिएका छन् ।

यसअघि जनता समाजवादी पार्टी (जसपा) का हरिनारायण यादवले उनलाई पछि पारेका थिए ।पछिल्ला मतपरिणाम अनुसार ठाकुरले यादवलाई ७७ मतले पछि पारेका छन् ।

ठाकुरले १३ हजार १७८ मत ल्याउँदा यादवले १३ हजार १०१ मत पाएका छन् ।स्वतन्त्र उम्मेदवार राम आधार कापारले १० हजार ६९५ मत ल्याएका छन् ।