|  

कामपाका प्रवक्ता भन्छन, ‘महानगर प्रहरीमाथि भएको हमला नियोजित थियो’ (भिडियाेसहित)

१४ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रवक्ता एवम् १७ नम्बर वडाका वडा अध्यक्ष नवीन मानन्धरले नियोजित ढङगबाट महानगर प्रहरीमाथि हमला भएको भन्दै अराजक नबन्न आग्रह गरेका छन् ।

हेडलाइन नेपालको हेडलाईन विशेषमा कुरा गर्दै उनले त्यसबाट नकारात्मक सन्देश बाहिर गएको भन्दै यस्तो आग्रह गरेका हुन् । उनले बाग्मती किनारमा बसोबास गर्ने ब्यक्तिहरु र महानगरपालिकाभित्र बसोबास गर्ने सबै मिलेर काठमाडौंलाई एउटा सभ्य र संकार युक्त सहर बनाउनुपर्नेमा जोड दिए । उनले दुवैको सहमतीमा सुकुम्बासी समस्या समाधान गर्नुपर्ने आफुहरुको मान्यता रहेको समेत बताए । 

उनका अनुसार त्यहाँ सुकुम्बासीका नामबाट लिइएका ठाउँहरुमा पनि बाहाल राखेर थप मानिसहरुको बसेको पाइएको छ । बागमती किनारमा करिब १ सय ९२ घरपरिवार सकुम्बासीको रुपमा बसोबास गरिरहेका छन् । उनले भने, ‘काठमाडौं वडा नम्बर १ मा नेपाल सरकारद्वारा बनाएको भवन छ त्यहाँ ९० जनाको लागि कोठाहरु छन । त्यसमा हामी सुकुम्बासीहरुलाई स्थान्तरण गर्न चाहन्छौ ।’

काठमाडौं महानगरपालिकाले थापाथलीमा रहेको सुकुम्वासी बस्ती हटाउने प्रयत्न गरेपछि अहिले चौतर्फी विरोध सुरु भएको छ । काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) थापाथलीको सुकुम्वासी बस्तीलाई कुनै पनि हालतमा हटाएरै छाड्ने योजनामा छन ।

तर सुकुम्बासीहरु विगत २७ वर्षदेखि सोही बस्तीमा बसिरहेको भन्दै कुनै पनि हालतमा नहट्ने अडानमा छन् । उनीहरुले भनेका छन्, ‘हाम्रो आन्दोलन, हाम्रो अस्तित्वसँग जोडिएको छ । यहाँबाट उठाउनु भनेको हामीलाई मार्नु बराबर हो । हामी कुनै पनि हालतमा हट्दैनौं । ‘यहाँ हामी दैनिक काम गरी पेट पाल्ने श्रमिकहरु छौं, अन्य स्थानमा लगेर राखियो भने पनि हामीलाई काम गरिखान गाह्रो अप्ठेरोे हुन्छ ।’

बाँकी भिडियोमा हेर्नुहोस ।