|  

काँग्रेस महामन्त्रीद्वय शर्मा र थापावीच भेट, यस्तो विषयमा भयो कुराकानी ! (भिडियोसहित )

१५ मंसिर, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्रीद्धय विश्वप्रकाश शर्मा र गगन थापावीच भेटवार्ता भएको छ ।

गगन थापाको निवासमा उनीहरुवीच भेटवार्ता भएको हो । हालै सम्पन्न  प्रतिनिधिसभाको प्रत्यक्षतर्फ विश्वप्रकाश शर्मा झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका छन् भने गगन काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका हुन् । 

भेटवार्तामा गगन थापालाई बधाइ दिदै विश्वप्रकाशले भनेका छन्,‘ तपाई संसदीय दलको नेतामा उभिनुस् । तपाईको म समर्थक बस्नेछु ।’ उनले थपे, म समर्थक बस्नु ठुलो कुरो हैन, त्यो त मैले निर्वाचन भन्दा अगाडी नै भन्दै आएको कुरा हो । अब तपाईलाई भावि प्रधानमन्त्री बनाउनका लागि म प्रयासरत रहनेछु । त्यसको लागि म अभ्यास गर्नेछु।’

शर्मा र थापाबीच भएको भेटमा के संवाद भयो ? भिडियोमा हेर्नुहोस ।