|  

बारीको कान्लाबाट लडेर ओखलढुंगामा १ जनाको मृत्यु

१८ मंसिर, काठमाडौं । बारीको कान्लाबाट लडेर ओखलढुंगामा १ जनाको मृत्यु भएको छ ।

जिल्लाको सिद्धिचरण नगरपालिका-३ स्थित अँधेरी नारायणस्थानमा स्थानीय ६८ बर्षिय जसराज राईको मृत्यु भएको हो । शनिबार दिउँसो देखी नै मापसे गरेको अवस्थामा गाउँमा भेटिएका राई राती घर फर्किएका थिएनन ।

आज बिहान उनकै जेठो छोराले आफ्ना नानीहरुलाई विद्यालयल लैजाने क्रममा उनलाई आफ्नै बारीमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । घटना बारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली त्यसतर्फ प्रस्थान गरेको थियो ।

प्रहरी टोलीले कानुनी प्रक्रिया पुरा गरी शबलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल लैजाँदैछ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।