|  

अभिनेत्री वर्षा सिवाकोटी बक्सिङ अभ्यासमा सक्रिय

१८ मंसिर, काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी केही सातादेखि बक्सिङ अभ्यासमा सक्रिय छिन ।

गत साता टिकटकमा बक्सिङ सिकिरहेको भिडियो पनि पोस्ट गरेकी थिइन । जसको क्याप्सन थियो- ‘केही मुक्काहरुले तपाईंलाई बलियोसँग बाँच्नुपर्छ भन्ने सम्झाउँछन । बक्समाण्डुलाई यी खुसीको क्षणका लागि धन्यवाद ।’ उनको यो क्याप्सनले उनले बाँचिरहेको अहिलेको समय र मुडलाई प्रतिविम्बित गर्छ ।

यतिबेला उनको वैवाहिक जीवन ठीकठाक नरहेको भन्ने चर्चा पनि बाहिर आएको छ । तर वर्षाले यसबारे भने सार्वजनिक रुपमा केही टिप्पणी गरेकी छैनन् । पति आशिष गेलालसँग अमेरिका पुगेकी वर्षा केही समयपछि नेपाल फर्किइन । अमेरिकाबाट फर्किएपछि भने उनी पुनः त्यता जाने तयारी छैन । अमेरिकाबाट फर्किएलगत्तै उनले विवाह जीवन र फिल्म करिअरलाई सन्तुलन मिलाएर अघि बढ्ने बताएकी थिइन ।