|  

रोल्पाका ३ सामुदायिक विद्यालयमा स्कुल बस

१८ मंसिर, काठमाडौं । रोल्पाका ३ सामुदायिक विद्यालयले स्कुल बस सञ्चालनमा ल्याएका छन ।

जिल्लाको परिवर्तन गाउँपालिका-५ मौलावोटको नेपाल राष्ट्रिय मावि, रोल्पा नगरपालिका-६ कोटगाउँको नेपाल मावि र सदरमुकाम लिवाङको बालकल्याण माविले स्कुल बस सञ्चालन गरेका हुन । नेपाल मावि कोटगाउँ, बालकल्याण मावि लिवाङले १/१ वटा र नेपाल राष्ट्रिय मावि मौलावोटले २ वटा बस सञ्चालनमा ल्याएका छन ।

नेपाल राष्ट्रिय मावि मौलावोट र बालकल्याण मावि लिवाङ संघीय सरकारले छनोट गरेका नमूना विद्यालय हुन भने नेपाल मावि कोटगाउँ लुम्बिनी प्रदेशले छनोट गरेको प्रदेश स्तरीय नमूना विद्यालय हो । बस सेवा सुरु गरेपछि विद्यार्थीलाई आवतजावतमा सजिलो हुनुका साथै समय वचत भएको नेपाल राष्ट्रिय मावि मौलावोटका प्रधानाध्यापक गोपाल केसीले बताए । बस सञ्चालन खर्च जुटाउन भने कठिन भएको उनको भनाइ छ ।

रोल्पामा ४०७ सामुदायिक र २९ संस्थागत गरी ४३६ विद्यललय छन्, ती विद्यालयमा करिब ८५ हजार विद्यार्थी अध्ययन गर्छन् ।