|  

ओप्पोको सस्तो फोन ए१७ के नेपाली बजारमा आउँदै

१८ मंसिर, काठमाडौं ।ओप्पोले छिट्टै नै नेपाली बजारमा ‘ए१७ के’ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ ।

ओप्पोले नेपाली बजारमा सार्वजनिक गर्न लागेको ए १७ के स्मार्टफोनमा ६.५६ इन्चको डिस्प्ले रहेको छ ।कलरओएस कलर अपरेटिङ सिस्टम १२.१ मा आधारित यो फोन एन्ड्रोइड भर्सन १२ द्वारा सञ्चालित छ । कम्पनीका अनुसार ओप्पो ए १७ केमा मिडियाटेक एमटी ६७६५ हेलियो जी३५ चिपसेट प्रयोग गरिएको छ ।३ जीबी र्‍याम भेरियन्ट भएको यो फोनमा ६४ जीबी इन्टर्नल स्टोरेज रहेको छ ।

यस फोनमा सिङ्गल ८ मेगापिक्सेलको सिङ्गल रियर क्यामेरा र ५ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।त्यस्तै फिङ्गरप्रिन्ट सेन्सर रहेको यो फोनको ब्याट्री क्षमता ५००० एमएएच रहेको छ । विश्व बजारमा १३० युरो मूल्य रहेको यो फोन १८ हजार रुपैयाँ हारहारीमा उपलब्ध हुने अपेक्षा गरिएको छ ।