१८ मंसिर, काठमाडौं । स्थानिय तहको निर्वाचन पश्चात् रामेछापस्थित मन्थली नगरपालिकाले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको छ । नगर प्रमुख लव श्रेष्ठको नेतृत्वमा रहेको नगरले समय समयमा विभिन्न विद्यालयमा गएर स्थलगत निरिक्षण गर्दै आएका छन् ।
यसैबीच आज (आइतबार) प्रमुख श्रेष्ठले मन्थली नगरपालिका–११ स्थित मनकामना मावी र शारदा मावी सावाडाडा मा पुगेर विद्यार्थी र शिक्षक सग छलफल र निरिक्षण गरेका छन् ।
सो छलफलका क्रममा उक्त विद्यालयका शिक्षकले विद्यालयमा आन्तरिक समस्याका विषय र खानेपानिको समस्या रहेको बताएका थिए ।नगर प्रमुखको साथमा प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद चापागाँई , जिल्ला युवा समिती अध्यक्ष प्रकाश कुमार कार्की , मन्थली नगर युवा परिषद उपाध्यक्ष पुष्कर भट्टराईको समेत उपस्थिति रहेको थियो ।