|  

रविलाई विभिन्न आरोप/प्रत्यारोप लाग्न सुरु, के अब रविलाई जनताले साथ दिन्छन ? (भिडियोसहित)

१९ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् नवनिर्वाचित सांसद रवि लामिछाने यतिबेला आफ्नो निर्वाचन क्षेत्रमा जनतासँगै काम गर्न थालेका छन् ।

रामनगरबासीको पानीको समस्या समाधान गर्ने बाचा सहित उनी जनतासँगै फिल्डमा खटिएका छन् । उनले भनेका छन्, म संसद पुगेपनि सडक छोड्दिन ।’ चितवनको रामनगर, जुगेडी, देभघाट क्षेत्रमा खानेपानीको समस्या छ । जनताको उक्त समस्या समाधान गनउनी यतिबेला रामनगरका बासिन्दाहरुसँगै पिउने पानीको ब्यवस्थापनमा लागि परेका छन् ।

उनी फिल्डमा खटिएको देखेर जनताहरु भन्छन,‘ जननिर्वाचित साँसद भनेको त यस्तो हुनुपर्छ । जनताबाट मत पाएर विजयी भएपछि जनताको उत्तराधिकारी भनेको रवि जस्तो हुनुपर्छ । नेता भनेको फिल्डमा जानुपर्छ ।’ हाल निर्वाचित कतिपय साँसदहरु आफु मन्त्रीको कोटा पर्छु कि पर्दिन भनेर समिक्षामा जुटिरहेका बेला रवि भने जनतासँग हातेमालो गर्दै उनीहरुसँग दुख, सुख साट्दैछन् । तर पछिल्ला दिनहरुमा उनीमाथि एक पछि अर्को आरोपहरु लाग्न सुरु भएका छन् ।

बाँकी भिडियोमा हेर्नुहोस ।