|  

दक्षिण भारतीय अभिनेत्री हन्सिका मोत्वानीले गरिन विवाह

१९ मंसिर, काठमाडौं । दक्षिण भारतीय चर्चित अभिनेत्री हन्सिका मोत्वानीले विवाह गरेकी छिन ।

व्यवसायी शोहेल कथुरियासँग हन्सिकाले हिजो विवाह गरेकी हुन । महिनौँ लामो अफेयरको हल्लापछि हन्सिका र शोहेलबीच विवाह भएको हो। विवाह जयपुरको मुन्दोता किल्लामा भएको हो ।

विवाहमा हन्सिकाले परम्परागत रातो लेहेङ्गा लगाएकी थिइन । शोहेलले भने सेरवानी लगाएका थिए । शाका लाका बुम बुमु नामक बाल टेलिशृङ्खलाबाट करियर सुरु गरेकी हन्सिका ‘कोइ मिल गया’ नामको चर्चित फिल्ममा बालकलाकारको रूपमा देखापरेकी थिइन ।

उनी लामो समययता भने दक्षिण भारतीय चलचित्रमा नायिकाको रूपमा देखापर्दै आएकी छिन्।