|  

फिफा विश्वकपमा आज दुई खेल आयोजना हुँदै

२० मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ मा आज दुई खेल आयोजना हुँदैछन ।

पहिलो खेलमा मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । इजुकेसन सिटी मैदानमा हुने खेल नेपाली समय अनुसार राति पौने ९ बजेदेखि प्रारम्भ हुनेछ । राति पौने एक बजे पोर्चुगल र स्विट्जरल्यान्ड आमनेसामने हुनेछन् । खेल लुसेल मैदानमा हुने तालिका छ । दुई खेलका विजेता सेमिफाइनल प्रवेशका लागि खेल्नेछन् । 

यस खेलसँगै प्रिक्वाटरफाइनलका खेल समाप्त हुनेछन् । यसअघि विजयी हुँदै क्रोएसिया, ब्राजिल, नेदरल्यान्ड्स, अर्जेन्टिना, फ्रान्स र इंग्ल्याण्ड अन्तिम आठमा प्रवेश गरिसकेका छन् ।