|  

विज्ञान प्रविधि सम्बन्धी अनुसन्धान गर्नेलाई १२ लाखसम्मको सहयोग दिँदै नास्ट

२० मंसिर, काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले युवा वैज्ञानिकहरुका लागि १२ लाखको टेण्डर आव्हान गरेको छ ।

आज गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरी नास्टले युवा वैज्ञानिकहरूलाई अनुसन्धान सहयोगका लागि प्रस्ताव पेस गर्न आह्वान गरेको हो । नास्टले सार्वजनिक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०७९/०८० देखि सञ्चालित युवा वैज्ञानिकहरूलाई अनुसन्धान सहयोग कार्यक्रम अन्तर्गत विज्ञान तथा प्रविधि सम्बन्धी नतिजामुखी अनुसन्धान, नयाँ प्रविधि विकास वा सुधारिएको प्रविधि विकास गर्न प्रस्ताव पेस गर्न भनेको हो ।