|  

अर्घाखाँचीको एक गाउँपालिकामा मात्र ५ करोडको सुन्तला उत्पादन

२० मंसिर, काठमाडौं । अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं.१ सिम्लेमा यो वर्ष करीव पाँच करोडको सुन्तला उत्पादन भएको छ ।

यतिवबेला सिम्लेका किसान सुन्तला टिप्न व्यस्त रहेका छन । सिम्ले गाउँमा मात्र व्यवसायिक रुपमा ४९ किसानले सुन्तला खेती गरेका छन । सुन्तला बिक्रीबाट हरेक किसानले ५ लाखदेखी २८ लाखसम्म आम्दानी गर्ने अनुमान छ । गतवर्षभन्दा सुन्तला उत्पादन बढेको अर्घाखाँचीमा यो वर्ष करिब २५ करोडको सुन्तला उत्पादन हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना , परीयोजना कार्यान्वयन इकाइले जनाएको छ । 

अर्घाखाँचीमा पणेना, पटौटी, खिदिम, छत्रदेवको भगवती, मालारानीको मरेङ्ग, खन, साकिन्धारा, लगाएतका ठाउँका करिब १२०० हेक्टरमा सुन्तला खेती गरिएको छ ।