|  

डेक्सबेन्च नहुँदा रौतहटको एक विद्यालयका विद्यार्थी भुइँमा बसेर पढ्न बाध्य

२० मंसिर, काठमाडौं । रौतहटको फतुवा बिजयपुर नगरपालिका-२ मा रहेको श्री माध्यमिक विद्यालयका विद्यार्थी भुइँमा बसेर पढ्न बाध्य छन ।

२०१७ सालमा स्थापना भएको सो विद्यालयको भौतिक संरचना निर्माण तर्फ सरोकारवाला पक्षको ध्यान नपुगेको अभिभावकको गुनासो छ । सो विद्यालयमा करिब ८ सय विद्यार्थी रहेका छन । विद्यालयमा कक्षा १ देखि ६ सम्मका विधार्थी चिसो भुइँमा पढ्न बाध्य छन । उनीहरुका लागि डेक्सबेन्च छैन ।

केहि वर्षअघि आठ कोठे नयाँ भवन निर्माण भएपनि बेन्च नहुँदा विधार्थी बस्ने  डेक्सबेन्च छैन । सो विद्यालयका प्रधानाध्यापक बुनिलाल यादवले बेन्च नहुँदा समस्या भएको दुखेसो पोखे ।  विद्यालयको अवस्थाका विषयमा नगरपालिकाको शिक्षा शाखासहित कार्यवाहक नगरप्रमुख अम्बेया खातुन र प्रमुख प्रशासकीय अधिकृत शम्भु कुमार यादवलाई जानकारी दिएको तर कसैले गम्भीररुपमा नलिएको विद्यालयका प्रअ यादवको गुनासो छ । वडाअध्यक्ष अनिरूद्ध प्रसाद यादवले नगरपालिकाले उपलब्ध नगराए आगामी आर्थिक वर्षको वडाको बजेटबाट विद्यालयको लागि बेन्च व्यवस्था गरिने बताएका छन् ।