|  

रोनाल्डोलाई साउदीको क्लबबाट प्रतिवर्ष २०० मिलियन युरोको अफर

२० मंसिर, काठमाडौं । पोर्चुगिच टिम कप्तान तथा पूर्वम्यानचेस्टर युनाइटेडका फर्वाड क्रिष्टियानो रोनाल्डोलाई साउदी अरेवियाको क्लब अल नासरले सन २०२५ सम्मका लागी प्रतिवर्ष २०० मिलियन युरोको प्रस्ताव गरेको छ । 

उक्त क्लबले यसअघिनै रोनाल्डोलाई अनुबन्ध गर्ने बताउँदै आएको थियो । रोनाल्डो क्लबविहीन भएपछि उक्त क्लबले रोनाल्डोसँग प्रस्ताव गरेको हो । तर, रोनाल्डो अहिले विश्वकपमा केन्द्रित भएका कारण त्यस विषयमा प्रतियोगिता सकिएपछि मात्रै निर्णय दिने बताएको अनतराष्ट्रिय चर्चित पत्रबार फाब्रिजियो रोमानियोले बताए ।

पिरेस मोर्नागसँग क्लबको बारेमा नकरात्मक कुरा गरेको अन्तरवार्ता बाहिर आएपछि रोनाल्डोलाई युनाइटेडले दुईपक्षीय सम्झौता गरेर सम्झौता तोडेको थियो । उनले युनाइटेडका लागि ३४६ खेल खेलेर १४५ गोल गरेका छन ।