|  

नीर शाह र भुवन केसीले दिए प्रचण्डलाई चुनावी जितको बधाई

२० मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का नाति नाता पर्ने सुशान्त दाहालको बिहेभोज एक किसिमले राजनीतिज्ञ र कलाकारको जमघट थलो समेत बन्यो ।

भोजमा नीर शाह, शम्भुजित बाँस्कोटा, भुवन केसी, प्रमोद खरेल, चेतन सापकोटादेखि कृष्ण मल्ल, दीपकराज गिरी, दीपाश्री निरौला, शिव श्रेष्ठ लगायत पछिल्लो छिमलका कलाकारको बाक्लो उपस्थिति थियो ।भोजमा अध्यक्ष दाहालले कलाकारहरु नीर शाह, भुवन केसीसँग अनौपचारिक कुराकानी गरे । यी कलाकारले प्रचण्डलाई चुनावको जितका लागि बधाई दिएका थिए ।

उनले अन्य कलाकारसँग पनि भलाकुसारी गरे ।प्रचण्ड र कलाकारबीच बेलाबेलामा भेटघाट भइरहन्छ । उनले पारिवारिक कार्यक्रममा समेत कलाकारलाई निम्तो दिने गरेका छन् । राजनीतिक व्यस्तताबाट फुर्सद निकालेर अध्यक्ष दाहालले कलाकारसँग संस्कृति, फिल्म, गायनको विषयमा कुराकानी गर्ने गरेका छन् ।