|  

नेपाल आउँदै बलिउड अभिनेता विवेक ओवराय

२० मंसिर, काठमाडौं ।  बलिउड अभिनेता विवेक ओवराय नेपाल आउने भएका छन् । ओवराय यहि १४ डिसेम्बरमा आफ्नो परिवारसहित नेपाल आउँने बताइएको छ ।

उनी नेपालको सगरमाथा बेसक्याम्प, पोखरा, लुम्बिनी र काठमाडौंको पशुपतिनाथलगायतका अन्य ठाउँको भ्रमण गर्नेछन्।एक हप्ता लामो नेपाल बसाइमा उनी केही कार्यक्रममा सहभागी हुने पनि बताइएको छ। उनले आफू नेपाल आउन लागेको एक भिडिओ सन्देशमार्फत जानकारी दिएका हुन्। ‘हजारौं वर्षदेखि नेपाल र भारतको सुन्दर सम्बन्ध तथा एकता छ।

म नेपालमा आउन पाउँदा एकदमै खुशी छु। किनकी नेपाल यस्तो देश हो जहाँ भारतसँग मिल्दोजुल्दो धार्मिक, संस्कृति, इतिहास छ। नेपालको मान्छे हाम्रै हुन्, हामी उनीहरूकै हौं।

मलाई २० वर्ष अभिनय करियरमा नेपाली दर्शकले जति माया दिनु भएको छ, त्यसप्रति आभारी छु,’ उनले भनेका छन्।सन् २००२ मा ‘कम्पनी’ फिल्मबाट डेब्यु गरेका विवेक पछिल्लो समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक फिल्म ‘पीएम नरेन्द्र मोदी’ मा देखिएका थिए।