|  

कोरोना सक्रिय सङ्क्रमित सङ्ख्या ७९  

२० मंसिर, काठमाडौं । देशभर कोरोना सङ्क्रमितको सङ्ख्या निरन्तर ओरालो लाग्ने क्रममा रहेको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर ७९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९२३ जनाको नमुना परीक्षण गर्दा मात्र १ जनामा सङ्क्रमण पुष्टि भएको छ । यही अवधिमा १४ जना सङ्क्रमित निको भएका छन् ।