|  

अभिनयमा फर्किए कलाकार रामचन्द्र अधिकारी

२० मंसिर, काठमाडौं । कलाकार रामचन्द्र अधिकारी अभिनयमा फर्किएका छन् । करिब तीन महिना अगाडि ‘मेरी बास्सै’ को सुटिङको क्रममा स्वास्थ्यमा समस्या देखिएको कारण अस्पताल भर्ना भएका उनी ठीक भएर अभिनयमा फर्किएका हुन् ।

ठीक भएपछि गत शनिबार ‘कान्छी’ र बिहीबार ‘मेरी बास्सै’ को सुटिङ गरेको अधिकारीले बताए । ‘पहिले भन्दा अहिले स्वास्थ्य अवस्था एकदमै ठीक छ ।कमजोरी फिल भने भएको छ’ अधिकारीले भने,‘बिहानै सुटिङमा जान समस्या छ ।

खान खानु अगाडि एउटा इन्जेक्सन दिनुपर्छ । अन्य केही समस्या छैन ।’ अव नियमित अभिनय गर्ने उनले जानकारी दिए ।