|  

राष्ट्रपति भण्डारी र सिके राउतबीच भेटवार्ता 

२० मंसिर, काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्।मंगलबार उनले राष्ट्रपति कार्यालय पुगेर भण्डारीलाई भेटेका हुन्।

उनले आफ्नो सामाजिक सञ्जालमार्फत् भेटको तस्बिर सार्वजनिक गरेका छन्। उनीहरूबीच शिष्टाचार भेटघाट भएको र देशको समसामयिक राजनीतिक निकासका विषयमा छलफल भएको जानकारी दिएका छन्।

सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित राउतले पछिल्लो समय विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटघाट गरिरहेका छन्।