|  

मेलम्ची खानेपानी विकास समिति आवश्यक छ भने मेरो कुनै आपत्ति छैनः देउवा 

२० मंसिर, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी विकास समिति आवश्यक छ भने निरन्तरता दिन सकिने बताएका छन् ।

नेपाली कांग्रेसबाट उम्मेदवार भई काठमाडौंबाट निर्वाचित भएका प्रतिनिधि सभा र प्रदेश सभा सांसदहरूको ध्यानाकर्षण पत्र बुझ्दै आज बालुवाटारमा देउवाले विकास समितिको आवश्यकता छ भने निरन्तरता दिन कुनै आपत्ति नरहेको बताए।मेलम्ची खानेपानी विकास समिति आवश्यक छ भने मेरो कुनै आपत्ति छैन ।

विकास समिति खारेज किन भयो पनि छलफल गरौंला,’ उनले भने, ‘विकास समिति वा यस्तै कुनै नियामक निकाय बनाउन जरूरी छ।’उनले मन्त्रिपरिषद बैठकमा मेलम्ची विकास समितिबारे छलफल गरिने पनि बताएका छन् ।

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७९र०८० को बजेट ल्याउँदा विकास समिति खारेज गरेको थियो। उक्त समिति नहुँदा मेलम्ची खानेपानी विकास समितिमार्फतका ६१ कर्मचारीले गत साउनदेखि तलब खान पाएका छैनन्।