|  

नेपाल संवतलाई राष्ट्रिय रुपमा मान्यता दिन आवश्यक छः जीवनराम श्रेष्ठ

२० मंसिर, काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपाल संवतलाई राष्ट्रिय रुपमा मान्यता दिन आवश्यक रहेको बताएका छन् ।

मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाल संवत न्हूँद राष्ट्रिय समारोह समितिसँगको सहकार्यमा आयोजना गरेको नेपाल सवत न्हूँद विषय विद्वत्गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री श्रेष्ठले नेपाल सवत्लाई राष्ट्रिय रुपमा मान्यता दिनको लागि राष्ट्रिय स्तरमा नै काम गर्न आवश्यक रहेको पनि बताए ।उनले नेपाल संवत न्हूँद राष्ट्रिय समारोह समिति समारोह गर्नका लागि मात्रै गठन भएको हो की जस्तो भान हुने गरेको समेत बताए ।

यसका साथै उनले अहिले शंखधर शाख्वाका नाममा काम गर्ने धेरै संस्थाहरु भएपनि राष्ट्रिय रुपमा प्रचार हुन नसकेको बताए ।