|  

पूर्वन्यायाधीश प्रचण्डराज अनिलको निधन 

२० मंसिर, काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रचण्डराज अनिलको मंगलबार निधन भएको छ ।

उनको ९२ वर्षको उमेरमा काठमाडौंको गंगलाल अस्पताल बाँसबारीमा निधन भएको हो । मुटुसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना गरिएका उनको उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।