|  

देशभरको तापक्रम क्रमिक रूपमा घट्दै 

२१ मंसिर, काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । देशको पहाडी भू-भागका थोरै स्थानहरूमा आंशिक बदली रही बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागका साथै लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै, आज राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

यसैगरी आज तराई भू-भागमा हुस्सुरकुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।