|  

बम विस्फोटमा परी पेट्रोलियम कम्पनीका ७ कर्मचारीको मृत्यु

२१ मंसिर, काठमाडौं । उत्तरी अफगानिस्तानको सबैभन्दा ठूलो सहरमा खचाखच भरिएको बसमा काम गर्न जाँदै गरेका पेट्रोलियम कम्पनीका सात कर्मचारीको सडक किनारमा भएको बम विस्फोटमा ज्यान गएको छ ।

गत वर्षको अगस्टमा सत्तापलटपछि तालिबानले राष्ट्रिय सुरक्षामा सुधार गरेको दाबी गरे पनि त्यहाँ दर्जनौं बम विस्फोट र आक्रमणहरू भएका छन् । तीमध्ये धेरै आक्रमण इस्लामिक स्टेट समूहको स्थानीय शाखाले दावी गरेको छ । सुन्दर निलो मस्जिदका लागि प्रसिद्ध प्राचीन सहर मजार ए शरिफमा सो हमला भएको थियो ।