|  

चितुवाको आक्रमणबाट ५ जना घाइते

२१ मंसिर, काठमाडौं । डोटीमा चितुवाले आक्रमण गर्दा ५ जना घाइते भएका छन ।

मंगलबार साँझ जिल्लाको पूर्विचौकी गाउँपालिका वडा नम्बर-५ बटाला गाउँका पाँच जना चितुवाको आक्रमणबाट घाइते भएका हुन । घाइते हुनेमा ४५ वर्षीया सरुदेवी बटाला, उनका चार वर्षीय नाति शिद्ध बटाला, २२ वर्षीया पुष्पा गिरी, १५ वर्षीय लाली गिरी र १० वर्षीया हसिना गिरी रहेका छन ।

बालक शिद्ध बटाला घरको आगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरेको उनकी आमा शारदादेवी बटालाले जानकारी दिइन । बच्चा चिच्याएपछि हल्लाखल्ला गरेर लखेटेको चितुवाले गोठालोबाट घर फर्किदै गरेका सरु, लाली, हसिना र पुस्पालाई पनि आक्रमण गरेको प्रहरीको प्रहरीले जनाएको छ ।

 घाइतेहरूलाई उपचारको लागि जिल्ला अस्पताल डोटीमा लगिएको छ । घाइते सबैको अवस्था सामान्य रहेको छ ।