|  

हसिया प्रहारबाट १ को मृत्यु, १ जना घाइते

२१ मंसिर, काठमाडौं । कैलालीमा हसिया प्रहारबाट एक जनाको ज्यान गएको छ भने अर्को एक जना घाइते भएका छन ।

हसिया प्रहारबाट जोशीपुर गाउँपालिका-६ कुमारी बाग बस्ने ३३ वर्षीय पदम राज भण्डारीको मृत्यु भएको हो । भिनाजु नाता पर्ने स्थानीय ५० वर्षीय गौरीलाल ढुङ्गानाले साला नाता पर्ने भण्डारीमाथि हँसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

भिनाजुको हँसिया प्रहारबाट अर्का साला ४० वर्षीय जयराज भण्डारी गम्भीर घाइते भएका छन । उनलाई उपचारका लागि कोहरलपुर रिफर गरिएको डिएसपी जोशीले बताए । मंगलबार राती करिब ९ बजे भएको घटनापछि आरोपित ढुङ्गाना फरार रहेको प्रहरीले जनाएको छ ।
डिएपी जोशीले फरार भएको ढुङ्गानाको खोजीका लागि प्रहरीको २ वटा टोली परिचालन गरिएको जनकारी दिए।