|  

रविमाथि उजुरी हाल्ने युवराज र अधिवक्ता न्यौपानेबीच अन्तर्वातामै प¥यो चर्काचर्की (भिडियोसहित)

२१ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पार्टीबाट साधारण सदस्यता बदर गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।

रवि लामिछानेको २०५० सालमा लिएको नेपाली नागरिकतामाथि आपत्ती जनाउँदै निवेदन परेकाे हाे । निवेदनमा भनिएको छ ,‘यो निष्कृय भइसकेको नागरिकता हो । रवि लामिछानेले फेरी अर्को नागरिकताको लागि प्रक्रिया किन गरेनन् । यो नागरिकताको मान्यता हुनुहुदैन । २०५० सालमा जारी गरिएको नागरिकतालाई बदर रुपमा मान्दै रविको साधारण सदस्यता समेत खारेजीको माग गरिएको छ ।’

उनी मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट विजयी भएर प्रतिनिधिसभा सदस्य बनेका छन् । उनको नागरिकता खारेज भए त्यो सदस्य समेत स्वतः खारेज हुनेछ । यति बेला अब निर्वाचन आयोगले के निर्णय गर्ला भन्ने प्रश्न उठेको छ । त्यस्तै के साच्चै कानुन उल्लङघन गरिएको हो ? वा के रवि लामिछाने माथि घेराबन्दी गरिएको हो ? भन्ने जस्ता प्रश्नहरुपनि उब्जिएका छन् ।

यसै सम्बन्धमा हामीले हेडलाईन नेपालको ‘हेडलाईन विशेष’ मा अधिवक्ता यज्ञमणि न्यौपाने र रवि लामिछानेमाथि निवेदन दर्ता गराउने समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता युवराज पौडेल (सफल) सँग कुराकानी गरेका छन् ।

उक्त कुराकानी भिडियोमा हेर्नुहोसः