|  

सेयर बजार नेप्से १६ अंकले बढ्यो 

२६ मंसिर, काठमाडौं ।  साताको कारोबारको दोस्रो दिन आज (सोमबार) सेयर बजार नेप्से बढेको छ ।

आज नेप्से १६ दशमलव ९७ अङ्कले बढेर एक हजार ९ सय २ दशमलव २८ विन्दुमा पुगको छ ।आज बैंकिङबाहेक अरू सबै समूहको सेयर  बढेको छ । आज दुई सय ४५ वटा कम्पनीको ४४ लाख ७० हजार कित्ता सेयर  १ अर्ब ३६ करोड ६० लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै नबिल बैंकको २१ करोड ३२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।नेप्से परिसूचक बढेको दिन सबैभन्दा धेरै सीवाईसी नेपाल लघुवित्त र समिट लघुवित्तको सेयर  १० प्रतिशत तथा नेपाल दूरसञ्चार कम्पनीको सेयर साढे सात प्रतिशतले बढेको छ ।

समग्रमा बजार बढे पनि सबैभन्दा धेरै ग्लोबल आईएमई फन्ड १ को सेयर  १० प्रतिशत तथा कुमारी दीर्घायु योजना र मैलुङखोला जलविद्युत् कम्पनीको सेयर  झन्डै छ प्रतिशतले घटेको छ ।