|  

जनक शिक्षा सामाग्री केन्द्रले नयाँ कागज खरिदको नाममा करोडौँ घोटाला गरेको आशंका( भिडियोसहित)

२८ पौष, काठमाडौं । भक्तपुरको सानो ठिमी स्थित जनक शिक्षा सामाग्री केन्द्र लिमिडेटले नयाँ कागज खरिदको नाममा करोडौँ घाेटाला गरेको आशंका गरिएको छ ।

जनक शिक्षा सामाग्री केन्द्र भित्र देखिएको अनियमितताको एक घटना स्टिङ अपरेशनका साथ हेडलाईन नेपालले सार्वजनिक गरेको छ । यसअघि पनि जनक शिक्षा सामाग्री केन्द्र बेला बेलामा भ्रष्टाचारमा मुछिएको भन्ने समाचार सार्वजनिक हुने गरेको थियो । 

जनक शिक्षा सामाग्री केन्द्रले आफुसँग भएको १ लाख ५३ हजार केजी कागज गुणस्तरहिन रहेको जनाएको थियो । उक्त कागज पाठ्यपुस्तक छपाईका लागि  प्रयोग गर्न नमिल्ने भन्दै गुणस्तरीय कागज खरिदका लागि रकम थपको माग गरेको थियो । जनक शिक्षा केन्द्रले गुणस्तरहिन भनिएका ती कागजका रोलहरु कबाडीमा बेच्नका लागि जनकपुर पठाउने  बताउने गरेको छ । तर ती कागज बोकेर जनकपुर हिडेका १३ वटा कन्टेनरहरु नजिकैको मनोहरा खोलामा रहेको ग्यारेजमा फेला परेका छन् । त्यहा ३/४ दिन राखेर फेरी ती कन्टेनरहरु पुनः ती कागजका राेलहरू लिएर जनक शिक्षा सामाग्री केन्दको गोदाममा  पुगेका छन् । यसबाट कागज खरिदका लागि थप गरिएको रकम घोटाला भएको देखिन्छ ।

बाँकी भिडियोमा हेर्नुहोस ।