|  

जनक शिक्षामा भ्रष्टाचारको पछिल्लो अपडेटः ट्रकका अभिलेख नागढुंगा चेकपोस्टमा भेटिएन 

३० पौष, काठमाडौं । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडका ड्यामेज कागजका रोल बोकेर जनकपुर गएका भनिएका १३ वटै ट्रक काठमाडौं बाहिर नगएको तथ्य फेला परेको छ ।

हेडलाईन नेपालको टोलीले नाकढुङगा चेकपोस्टदेखि भक्तपुरको जगातीसम्मको चेकपोस्टमा गएर यी कन्टेनर बाहिरिएको छ वा छैन भनि बुझ्दा बाहिर नगएको तथ्य प्रहरीले दिएको हो । ती १३ ट्रक नम्बर यसप्रकार छन्ः ना छ ख ४०१७, ना ५ ख ६११७, ना ४ ख ५५३८, ना ५ ख ५६००, ना ३ ख ७०५३, ना छ ख ७५९१, ना छ ख ७८१०, ना ३ ख १०७३, प्रदेश ३-३-०१०० ख३८१, बा ३ ख १९४४, बा ३ ख ५९९६, बा ४ ख ५२३६ र प्रदेश ३-०१००५ख ९५२२ रहेका छन् ।

यी कुनैपनि ट्रकका अभिलेख दुवै चेक पोस्टमा छैनन् । यता जनक शिक्षा सामाग्री केन्द्रले भने ती ट्रकहरु पौष २६ गते दिउँसो जनकपुरबाट हिडेर पौष २७ गते विहान काठमाडौं आएको बताउँदै आएको छ । भिडियो पनि हेर्नुहोस ः