|  

सरकारले शोक बिदा दिएपनि चालु परीक्षा नरोक्ने त्रिविको निर्णय

०२ माघ, काठमाडौं । सरकारले आज शोक बिदा दिएपनि त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले भने चालू परीक्षा नरोक्ने भएको छ । तर, पठनपाठन भने रोकिएको छ।

त्रिविको मानविकी तथा समाजशास्त्र सङ्कायका डिन प्रा.डा कुसुम शाक्यका अनुसार मानविकी सङ्कायले सञ्चालन गरेको परीक्षा आज माघ २ गते नरोकिने भएको हो । यस परीक्षाका आधारमा नै अन्य परीक्षा तय गरिने हुँदा परीक्षा रोक्दा समस्या हुने भएकाले नरोकिएको उनको भनाइ छ ।

सरकारले आज शोक विदा दिएको भएपनि अत्यावश्यक काम, बैंक तथा वित्तीय संस्थाहरू पनि खुला रहनेछन ।