|  

हेडलाईन विशेषः ७६ वर्षमा ५२ वटाभन्दा बढी विमान दुर्घटनामा (भिडियोसहित) 

०२ माघ, काठमाडौं । नेपालमा पछिल्लो ७६ वर्षमा ५२ वटाभन्दा बढी विमान तथा हेलिकप्टर दुर्घटनामा परेका छन् । 

नेपालमा भएका विमान तथा हेलिकप्टर दुर्घटनामा ९ सय २२ जनाभन्दा बढीको मृत्यु भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्याङ्क छ । नेपालमा पहिलो पटक सन् १९४६ मे ७ का दिन विमान दुर्घटना भएको थियो । रोयल फोर्स एयरको विमान दुर्घटना हुँदा मानविय क्षति भने भएको थिएन ।

नेपालमा विमान दुर्घटना हुँदा पहिलो पटक मानविय क्षति सन १९५५ मा भएको थियो । त्यसपछि सन १९५६ र  सन १९५७  र सन १९५८ मा इण्डियन एयरलाइन्सको विमान नेपालमा दुर्घटनामा परेको थियो । त्यसपछि सन १९६०, सन १९६२, सन १९६९ मा नेपाल एयरलाइनसको विमान दुर्घटनामा परेको थियो । सन १९७०  र सन १९७२ मा भने रोयल लाइटको विमान दुर्घटना भएको थियो । 

त्यसपछि सन १९७५ ,सन १९७९ र सन १९८१ ,सन १९८४, सन १९८५ मा पनि नेपालमा विमान दुर्घटनामा परेको थियो ।  त्यसैगरी सन १९९२ मा थाई एयरको विमान, एभरेष्ट एयरको विमान र पाकिस्तान एयरलाइन्सको विमान दुर्घटनामा परेको थियो । सन १९९५, सन् १९९७ , सन १९९८ , सन १९९९, सन २०००, सन २००१, सन २००२, सन २००४, सन २००५ , सन २००६, सन २०१०, सन २०११ मा, सन २०१२, सन २०१४, सन २०१५, सन २०१६, सन २०१८ र सन २०१९ मा नेपालमा विमान दुर्घटनामा परेको छ ।

यसअघि २०७९ जेठ १६ गते पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको ट्‍विनअटर ‘नाइन एनएइटी’ विमान मुस्ताङको थसाङ–२ मा  दुर्घटना भएको थियो । विमानमा चालक दलका तीन सदस्यसहित २२ जना यात्रु रहेका थिए ।

यसैवीच, पोखरामा आइतबार बिहान १० बजे भएको यती एअरको बिहान दुर्घटनामा नेपालको आन्तरिक उडानमा हालसम्मकै ठूलो भएको पाइएको छ । ७२ यात्रु सवार विमान दुर्घटना आन्तरिक उडानमा सबैभन्दा ठूलो रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

यो दुर्घटना हुनुभन्दा केहि समय अघि सम्म उक्त विमान टावरको सम्पर्कमा नै रहेको थियो । तर दुर्घटना कसरी भयो भनेर सबै अचम्ममा परेका छन् ।  किनकी विमानमा समस्या आएको कुनै जानकारी दिइएको थिएन । दुर्घटना स्थलबाट विमानस्थल पुग्न १ मिनेटको दुरी पनि रहेको छैन । यति हुँदा हुदैपनि जहाज दुर्घटनामा प¥यो । यसका जानकारहरुले भनेका छन ‘सामान्यतया जहाजमा लो अल्टिट्यूडमा समस्या आइहाल्यो भने क्याप्टेनलाई निर्णय लिन असाध्यै गाह्रो हुन्छ । किनभने यो बेला समय नै हुँदैन ।’ यो दुर्घटना हेर्दा यस्तै भएको हुनसक्छ । तर यसको सत्यतथ्य आउन बाँकी छ । छानबिन आयोग पनि गठन भएकाले सत्यतथ्य बाहिर आउला ! ब्लाक बक्स पनि भेटिइसकेको छ ।

बाँकी भिडियोमा हेर्नुहोस: