|  

नेपाल टेलिकमको नेटवर्कमा समस्या

३ माघ, काठमाडौं । नेपाल टेलिकमको मोबाइल र ल्याण्डलाइन फोनमा समस्या आएको छ ।

टेलिकमको नेटवर्कमा समस्या आएकाले फोन र एसएमएस लगायत सबै सेवा अवरुद्ध भएको हो । मोबाइलमा टावर भने देखाइरहेको छ ।केही समय अघिबाट टेलिकमको मोबाइलमा नेटवर्कमा समस्या देखिएको हो ।टेलिकमले भने आफ्नो सेवा अवरुद्ध भएको विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।