|  

आफ्नो हकका लागि विगत १० वर्षदेखि भौतारिदैँ अम्बिका, अझै पाएनन् न्याय

५ माघ, काठमाडौं । चितवनका अम्बिका प्रसाद अधिकारी आफ्नो न्यायका लागि विगत १० वर्षदेखि भौतारिरहेका छन् ।

तर उनले अझै न्याय पाउन सकेको छैनन ।उनका दुई दाजु चन्द्र प्रसाद अधिकारी र दिनेश प्रसाद अधिकारीले भाइ अंश मारेर दुई फरक ठाउँको जग्गा जालसाजी गरेर आफ्नो नाममा पारेको उनको आरोप छ । उनले आफ्नो पिताको पैतृक सम्पत्तिका लागि २ दाजुसँग लड्न के–के सम्म गरेनन् । उनी माइतीघर मण्डलामा अनशन बस्नेदेखि लिएर विपक्षी दाजुहरुको घरमा समेत गएर ४ दिनसम्म आमरण अनशन बसे । उनले आफ्नो हकको लागि चितवन जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतको ढोका समेत ढकढकाउन पुगे । उनले दुई दाजुलाई विपक्षी बनाएर बकसको जालसाजी मुद्धा दायर गरेका छन् ।

तर जिल्ला अदालत र उच्च अदालतले भने उनको पक्षमा फैसला गरेन । त्यसपछि उनी सर्वोच्च अदालत जान बाध्ये भए । सर्वोच्च पुगेपछि भने दुई दाजुमध्ये १ दाजु चन्द्रप्रसाद अधिकारी अम्बिकासँग मिलापत्र गर्न तयार भए । उनले भरतपुर महानगरपालिका ११ मा पर्ने करिब २ कठ्ठा जग्गामा अम्बिकाले पाउने जग्गा दिने बताए । तर उनले मिलापत्र अनुसार २५ लाख दिनुपर्नेमा २ लाख दिएर बाँकी रकम भने आगामी साउनमा दिने भाका राखेका छन् ।यता अर्का दाजु दिनेश प्रसाद अधिकारी भने नवलपुरमा भएको जग्गा भाग लगाउन मञ्जुर देखिएका छैनन् ।

त्यसका लागि पनि अम्बिकाले जिल्ला अदालत र उच्च अदालतबाट न्याय नपाएपछि सर्वोच्चको ढोका ढक्ढकाएका छन् । सर्वोच्चले उक्त मुद्धा दोहो¥याई हेरी पाउँ भन्ने आदेश दिएपनि त्यसको फैसला हुन सकेको छैन् । अम्बिकाले नवलपुरको देउचुली नगरपालिका वडा नम्बर ३ मा पर्ने करिब ४ विघा जग्गा दाजु दिनेश प्रसाद अधिकारीले हडप्पेर आफ्नो कब्जामा लिएको बताउँदै आएका छन् । उनले यो मुद्धाका लागि आफुसँग भएको सम्पत्ति समेत गुमाएर रोडमा आएको गुनासो गरेका छन् ।

उनले विभिन्न मिडियादेखि सरकार प्रमुखसँग समेत आफुहरुले न्यायको लागि माग गरेको हेडलाईन नेपाललाई बताए । अम्बिकाका श्रीमतीसहित ४ सन्तान रहेका छन् । ४ सन्तान सहित अम्बिकाका दम्पत्ती यतिबेला सडक बस्नुपर्ने अवस्थामा पुगिसकेका छन् ।