|  

उपसभामुखको निर्वाचन माघ ७ गते

५ माघ, काठमाडौं । सभामुख पदममा सत्ता गठबन्धनका देवराज घिमिरे निर्वाचित भएसँगै उपसभामुख पदको निर्वाचन कार्यक्रम सार्वजनिक गर्न प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले निर्देशन दिएका हुन् ।

जबराले प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई बिहीबार नै उपसभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएका हुन् । उपसभामुख सत्तारूढ गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने सहमति भएको बताइएको छ ।