|  

पूर्वमिस नेपाल सुवेक्षाले गरिन् इन्गेजमेन्ट

६ माघ, काठमाडौं ।  अभिनेत्री तथा पूर्वमिस नेपाल सुवेक्षा खड्काले इन्गेजमेन्ट गरेकी छन् ।

उनले आफ्नो प्रेमी आश्वासन जोशीसँग इन्गेजमेन्ट गरेकी हुन् । बिहीबार काठमाडौंको एक होटलमा उनीहरूले परिवार र नजिकका साथीको उपस्थितिमा इन्गेजमेन्ट गरेका छन्। समारोहमा अभिनेत्री तथा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ, पूर्वमिस नेपाल अश्मी श्रेष्ठ, अभिनेत्री सन्ध्या केसीलगायत उपस्थित थिए ।

केही समयअघि आश्वासनले चितवनमा सुवेक्षालाई औंठी लगाउँदै विवाहको प्रस्ताव राखेका थिए। उनीहरू यसैवर्ष विवाह गर्ने योजनामा छन्।