|  

थप १ जनामा कोरोना पुष्टि, ११ डिस्चार्ज 

६ माघ, काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज ५ सय ४० जनामा परिक्षण गर्दा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज ११ जना कोरोना संक्रमणमुक्त भएका छन् ।हाल नेपालमा कोरोना सक्रिय सक्रमित संख्या २६ रहेको मन्त्रालयले जनाएको छ ।