७ माघ, काठमाडौं। उपसभामुख चयनको लागि शुरु भएको प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले गृहमन्त्रालय अपराधीलाई खोज्दै जाँदा प्रेस विज्ञप्ति निकाल्ने र प्रहरीले नेटेर्ने कसरी भयो भन्दै जवाफ दिन माग गरेका छन् ।
‘अपराधीलाई खोज्दै जाँदा, प्रेस विज्ञप्ति निकालेर अपराधी खोज्दै जाने परम्परा शुरु भयो ।यत्ति सवंवेदनशील मन्त्रालयमा प्रेस विज्ञप्तिमार्फत अपराधी खोज्न खोज्नु देशको गृहमन्त्रलाई प्रहरीले टेर्न छोडेको हो ?’ खतिवडाले भने, ‘जनतालाई ढाँट्नको लागि यस्तो परम्पराको शुरुवात भएको हो ?हामी कहाँ जाँदैछौँ ? गृहमन्त्रीको आदेशको प्रहरीले नटेर्ने ? यसरी सूचना सार्वजनिक गर्ने हो भने मान्छे पक्रिन नसक्ने अनि सूचना जारी गर्ने ?
गृमन्त्रीले अपराधी चिनाइदिने कि, अपराधी पक्राउ गर्ने ?’ जनतलाई मूर्ख बनाउने काम नगरियोस् । यो अपराध अनुसन्धान , पत्र अपराध अनुसन्धान आचारसंहितको विपरीत छ । संवेदनशील मन्त्रालयमा जनतालाई मूर्ख बनाउने काम नगर्न उनले आग्रह गरे। शुक्रबार राति गृहमन्त्रालयले विज्ञप्ति जारी गर्दै कर्तव्य ज्यान मुद्दामा फरार लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृहमन्त्रीले निर्देशन दिए पनि पक्राउ नपरेको भन्दै तत्काल कारबाही अघि बढाउन विज्ञप्ति जारी गरेको थियो ।