|  

इङ्लिस प्रिमियर लिगमा आर्सनल विजयी

०९ माघ, काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले म्यानचेस्टर युनाइटेडलाई ३–२ गोलले हराएको छ ।

जितसँगै आर्सनल १९ खेलमा ५० अङ्कका साथ शीर्ष स्थानमाा कायमै छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २० खेलमा ४५ अङ्क छ । म्यानचेस्टर युनाइटेड भने २० खेलमा ३९ अङ्क जोडेर चौथो स्थानमा रहेको छ ।