|  

धान र उखु किसानका समस्या समाधान गर्न समाजवादी किसान महासंघको माग

०९ माघ, काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल सम्बद्ध समाजवादी किसान महासंघको कार्यसम्पादन समितिको बैठकले किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

वीरगञ्जमा पुस ७ र ८ गते सम्पन्न बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै महासंघले सरकारसँग निम्न माग राखेको छ ।  बैठकले सरकारले तोकेको समर्थन मुल्यमा किसानले धान बिक्री गर्न नसक्ने र बिक्रि गरिहाले पनि समयमा रकम प्राप्त नहुने समस्याले किसान मारमा परेकोले सरकारले नै  धान खरिद गनुपर्ने माग गरेको छ । सरकारले तोकेको उखुको समर्थन मुल्यमा किसानको लागत समेत नउठ्ने भएकोले सो समर्थन मुल्यमा पुनर्विचार गनुपर्ने किसान महासंघको माग छ । 

कृषकहरुले पाउने कृषी ऋणलाई सरल र सहज ढंगले प्राप्तहुने व्यवस्था गराइदिन सम्बन्धित निकायलाई महासंघले अनुरोध गरेको छ । साथै बैठकले महासंघका प्रदेशस्तरीय समिति फागुन ३० गतेसम्म गठन पुनर्गठन गर्ने निर्णय गरेको छ । महासंघको केन्द्रीय समितिमा मधेश प्रदशका महाराज यादव, लम्बिनी प्रदेशबाट प्रबजन उपाध्याय, कणाली प्रदेशबाट प्रबजन शाही र लुना चौलागाईलाई मनोनयन समेत गरेको छ ।