|  

नेपालको आईसीसी यू-१९ टोली घोषणा

०९ माघ, काठमाडौं । नेपालले आईसीसी यू-१९ पुरुष क्रिकेट विश्वकप छनोट एसिया क्षेत्रका लागि १४ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ ।

प्रतियोगिता फेब्रुअरी २४ देखि मार्च ३ सम्म यूएईको अजमानमा हुनेछ । आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा ‘बी’, उत्तम थापामगर, दीपक डुम्रे, दीपक कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, गुलशन झा, देव खनाल, सुवास भण्डारी, विशाल केसी र मिलन बोहराले नेपालको यू-१९ टोलीमा स्थान बनाएका छन् । प्रशिक्षक जगत टमाटाले कप्तान छनोट केही समयपछि गर्ने जनाए ।

पहिलो चरणमा २८ खेलाडी छानेर प्रशिक्षण गरिएको थियो । प्रज्वल थापा, निर्मल थापा, तुलबहादुर थापा र राजेश यादव वैकल्पिकमा खुम्चिएका छन् । राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा नेपालले यूएई, मलेसिया, हङकङ, सिंगापुर, कुवेतसँग प्रतिस्पर्धा गर्नेछ र विजेता राष्ट्र २०२४ मा श्रीलंकामा हुने विश्वकपमा छानिनेछ । नेपाल २०१६ यता यू–१९ विश्वकपमा छनोट हुन असफल रहेको छ ।