०९ माघ, काठमाडौं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा नयाँ क्लब अल नासरबाट विजयी सुरुवात गरेका छन् ।
आइतबार लिगमा डेब्यु गरेका रोनाल्डोले टोलीको १-० जितमा सहभागी भए । उनले खेलको ९० मिनेट मैदानमा बिताए । आक्रमणमा चलायमान देखिएका रोनाल्डोले गोल गर्न भने सकेनन् । अल नासरका लागि एन्डरसन टालिस्काले गोल गरेका थिए । ३१ अौं मिनेटमा हेडर मार्फत गरेको गोल निर्णायक सावित भयो । अब्दुलमाजिद सुलेहमको क्रसमा रोनाल्डोले छुन नसक्दा पछि रहेका टालिस्काले गोल गरे ।
यस जितसँगै अल नासर साउदी प्रो लिगको शीर्षस्थानमा उक्लिएको छ । नासरले १४ खेलमा ३३ अंक जोडेको छ । अल हिलालले १५ खेलमा ३२ तथा अल इतिहादले १४ खेलमा ३१ अंकसहित शीर्ष तीनमा छन् । अल नासरले अब विहीबार साउदी सुपर कपको सेमिफाइनलमा अल इतिहादसँग खेल्नेछ ।