|  

फिफाद्वारा श्रीलंका फुटबल महासंघलाई निलम्बन

०९ माघ, काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले श्रीलंका फुटबल महासंघलाई निलम्बन गरेको छ ।

तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले अर्को सुचना नभएसम्मका लागि निलम्बन गरेको हो । निलम्बनको समयसम्म अब श्रीलंका फुटबल महासंघका क्लब र सिनियर टोलीले अन्तराष्ट्रिय फुटबल खेल्न पाउने छैनन । 

निलम्बनसँगै अब श्रीलंकाले फिफाको सदस्य राष्ट्रका रुपमा पाउने फिफा वा एसियाली फुटबल महासंघको विकास कार्यक्रम, विभिन्न कोर्ष र प्रशिक्षणबाट वञ्चित रहने भएको छ । फिफाको सर्तहरु पुरा भएको अवस्थामा भने जुनसुकै बेला पनि निलम्बन फुकुवा गर्न सक्नेछ ।