|  

सुनिल शेट्टीकी छोरी आथिया आज वैवाहिक जीवनमा बाँधिदै 

९ माघ, काठमाडौं ।  बलिउड अभिनेत्री आथिया शेट्टी र केएल राहुल आज वैवाहिक जीवनमा बाँधिदै छन्। २ दिनदेखि सुनिल शेट्टीको खण्डाला फार्म हाउसमा आथिया र केएल राहुलको विवाह समारोह चलिरहेको छ।

अभिनेता अजय देवगनले पनि आथिया र केएल राहुलको विवाहलाई लिएर प्रतिक्रिया दिएका छन्।आथिया शेट्टी र केएल राहुलले लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका थिए। यी दुई प्रायः पार्टीमा सँगै देखिन्थे।