|  

सेयर बजार नेप्से १३ अंकले घट्यो

९ माघ, काठमाडौं ।  साताको कारोबारको तेस्रो दिन आज (सोमबार) सेयर बजार नेप्से घटेको छ ।

आज नेप्से १३ दशमलव ७१ अंकले घटेर दुई हजार एक सय ६५ दशमलव १० विन्दुमा झरेको छ ।बैंक र म्युचुअल फण्डबाहेक सबै समूहको सेयर घटेको दिन आज जलविद्युत्, बीमा र माइक्रोफाइनान्स समूहको सेयर उच्च अंकले ओरालो लागेको छ ।

दुई सय ५७ वटा कम्पनीका एक करोड सात लाख ५९ हजार कित्ता सेयर तीन अर्ब ८६ करोड ४० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै कुमारी बैंकको २७ करोड ४८ लाख रुपैयाँको सेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै हिमालयन हाइड्रोपावर कम्पनीको सेयर झण्डै आठ प्रतिशत तथा लिबर्टी इनर्जीको सेयर सात प्रतिशत भन्दा धेरैले घटेको छ ।समग्रमा बजार घटेपनि आदर्श लघुवित्त, सानिमा जीआइसी इन्सुरेन्स, कुमारी बैंक र स्टान्डर्ड चार्टड बैंकको सेयर १० प्रतिशतले बढेको छ ।